Company Description

Gham Power Nepal Private Limited is a renewable-energy focused social enterprise based in Kathmandu, Nepal. Founded in 2010 by Sandeep Giri, a start-up veteran and co-founder of Logical Matrix (later acquired by Oracle), our initial goals were focused on reducing the burden that excessive power outages (as high as 16 hours a day in dry seasons) posed on Nepal’s urban population. Having installed over 2500 solar projects that cumulatively generate 2.5 MW of electricity, Gham played its part in urban electrification and soon after shifted focus to under-served rural markets by 2013.

We are also the first enterprise to install Microgrid in rural Nepal; the first energy enterprise in Nepal to adopt PAYG schemes; and during 2015’s massive earthquake that killed more than 10,000 with a substantial incidence in rural areas, we were one of the first corporate responders with low-cost, portable mobile charging and lighting devices.

Job description

पृष्ठभूमि:

घाम पावर नेपाल काठमाडौँमा अवस्थित सौर्य उर्जामा आधारित सामजिक उद्दम कम्पनी हो । २०१० मा स्थापित घाम पावरले नेपालका बिभिन्न भौगोलिक स्थानमा विविध प्रयोजनको लागि संचयी क्षमता ३.५ मेगावाट भन्दा बढीका लागि ३,००० भन्दा बढी सौर्य उर्जामा आधारित बिभिन्न प्रोजेक्टहरु गरिसकेको छ । नेपालका अग्रणी सौर्य कम्पनीहरु मध्ये एक घाम पावर नेपाल आफुले प्रदान गर्ने उच्च स्तरको सेवाबाट परिचित रहेको छ साथै आफ्ना ग्राहकहरुको लागि सर्वसुलभ समाधानहरु प्रवाह गर्न बिभिन्न तवरका साझेदारी एवं सहकार्यमा केन्द्रित रही बिभिन्न नवीनतम मोडलहरुको अध्ययन एवं अनुसन्धान पनि गर्दै आइरहेको छ । हामीले व्यक्तिहरु, व्यवसायीहरु, स्कुलहरु, अस्पतालहरु, होटलहरु, कृषकहरु इत्यादिहरुको माझमा अद्वित्तीय मुल्यमा उच्चकोटिको समाधान प्रदान गरी उनीहरुको उर्जा आवश्यकताहरु सम्बोधन गर्न सहयोग गर्ने कम्पनीको रुपमा छुट्टै परिचय बनाइसकेका छौं ।

विगत ४ वर्षदेखि घाम पावरले आफ्नो सेवाहरु ग्रामीण क्षेत्रहरुमा केन्द्रित गर्दै आइरहेको परिप्रेक्षमा आफ्ना सेवा सुविधा नेपालको ग्रामीण क्षेत्रमा अझ विस्तार गर्ने प्रायोजनले ग्रामीण समुदायका साना तथा मझौला किसानहरुलाई ग्रामीण विद्दुतीकरण मार्फत उत्पादनमुलक क्षेत्रमा सौर्य उर्जाको प्रयोग बढाउने उद्देश्य राखेको छ । नयाँ तवरले थालनी गरेपनि नेपालको जटिल सामाजिक-आर्थिक एवं राजनीतिक परिवेशका कारण ग्रामीण परियोजनाहरु बढी चुनौतिपूर्ण रहेका छन् । यस चुनौतीलाई सामना गर्न यी क्षेत्रमा काम गर्ने सरोकार निकायहरु जस्तै सरकारी, वित्तीय एवं ग्राहककेन्द्रित स्थानीय समुदायहरुसंग साझेदारी गर्नु नितान्त आवश्यक छ । यसो गर्दा ग्राहकहरुबाट आउने माग एकत्रीकरण गर्न, परामर्श प्रधान गर्न र प्रोजेक्ट कार्यन्वयन गर्न साथै सो प्रोजेक्टको समय सापेक्ष निगरानी गर्न लामो र महँगो पर्न जाने भएकोले ग्रामीण समुदायमा सौर्य विद्दुतिकरण मार्फत सोर्य सिंचाई, माइक्रोग्रिड, पिसाउने मिलहरु विस्तार गर्न चुनौतिपूर्ण रहेको छ ।

 

उद्देश्य:

आवेदन माग भएको उम्मेद्वार झापा, मोरंग वा सुनसरीमा केन्द्रित रही घाम पावरका उत्पादन एवं सेवा-सुविधाहरु प्रदेश १ का लक्षित व्यक्तिहरुमाझ पुर्याउनको लागि जिम्मेवार हुनेछ । प्रदेश १ मा रहेका बिभिन्न घाम पावरका साझेदार संघ संस्था संग सम्पर्कमा रही व्यवसाय प्रवर्द्दन तथा कम्पनीको लक्ष प्राप्तिको लागि अन्य नयाँ साझेदार संस्था संग सहकार्य गर्ने वातावरणको प्रवन्ध मिलाउनुपर्ने छ । यसको लागि घाम पावरको उत्पादन, यसको फाइदा, प्रयोग र लागत सम्बन्धि बृस्तित जानकार हुनुपर्ने छ साथै उत्पादन बिक्रि रेकर्ड राख्न तथा उपोभोक्ताहरुको गुनासो अनुसार उनीहरुको समस्या समाधानको लागि आवश्यकता अनुसार उचित योजना बनाउनुपर्ने हुन्छ ।

 

कर्तव्य एवं जिम्मेवारीहरु:

 

१. व्यवसाय प्रवर्द्दन तथा साझेदार संस्था व्यवस्थापन:

क. सम्भावित साझेदार संस्थाहरु संग कम्पनीले प्रधान गर्ने वस्तु तथा सेवा सुविधाहरु बारे बुझाउने 

ख. स्थानीय साझेदार संघ-संस्थासंगको सम्बन्ध व्यवस्थापन गरी संयुक्त लक्ष सहितको कार्यान्वयन योजना बनाउने 

ग. स्थानीय साझेदार संघसंस्थाहरुसंग भइपरी आउने समस्या एवं केहि जटिलताहरुको समधानको लागि केन्द्रीय कार्यालयसंग समन्वय गरी उक्त समस्याहरु हल गर्ने 

 

२. सम्बन्ध व्यवस्थापन: 

क. ग्राहकहरुबाट प्रतिक्रिया संकलन गरी व्यवस्थापनको लागि उचित कार्य योजना बनाउने 

ख. हाल विद्दमान ग्राहकहरुबाट अग्रिम भुक्तानी, माषिक किस्ता उठाउनको लागि निरन्तर सम्पर्कमा रहने 

ग. वाह्य एवं भित्रि रुपमा साझेदार विक्री समूहसंग सम्पर्क व्यक्तिको रुपमा कार्य गर्ने 

घ. ग्राहकहरुबाट आएको प्रतिक्रिया/ गुनासोहरु सुल्झाउनको लागि समस्याहरुको छानबिन गरी उचित विकल्प प्रदान गरी समस्या हलको लागि व्यवस्थापकहरुलाई उचित सिफारिस गर्ने 

 

३. ग्राहक अधिग्रहण 

सम्भावित ग्राहक र क्षेत्रको पहिंचान गरी घाम पावरको उत्पादन एवं सेवा सुविधा विस्तार गरी विक्री बढाउने प्रायोजनले साझेदार संस्थासंग मिलेर मार्केटिंग  क्याम्पहरु संचालन गर्ने 

क. घाम पावरको उत्पादन (सौर्य सिंचाई प्रणाली) प्रयोग विस्तार गर्ने प्रतिनिधि पहिंचान गर्ने 

ख. छनोट भएका प्रतिनिधिहरुलाई घाम पावरको समग्र ऋण एवं उत्पादन प्रयोग गर्न ग्राहक छनोट गर्ने सम्बन्धि तालिम प्रवाह गर्ने   

ग. घाम पावरको उत्पादनहरु बारे सम्भावित ग्राहकलाई बुझाई बिक्रि-वितरणमा सहयोग गर्ने (यस कार्यको लागि प्रोडक्टबारे प्रभावकारी रुपमा ग्राहकहरुसंग संचार गर्न पोख्त हुनुपर्नेछ)

घ. बिभिन्न माध्यममा आवश्यकता अनुरुप विक्री प्रस्तुतिहरु बनाई लक्षित दर्शकहरुमाझ प्रस्तुत गर्ने 

 

४. प्रोडक्ट बारे बुझाउने सामग्री 

क. घाम पावरको मार्केटिंग समूहसंग समन्वय गरी प्रोडक्ट बारे सम्भावित ग्राहकलाई बुझाउने सामग्रीहरु (ब्रोसर, प्रोडक्ट क्याटलग, लिफलेट इत्यादि) तयार गर्न सहयोग गर्ने 

 

५. स्थलगत मार्केटिंग 

विभिन्न ठाउँमा योजनाबद्द र व्यवस्थित तरिकाले विविध मार्केटिंग कार्यक्रमहरु संचालन एवं कार्यन्वयन गर्नुपर्ने छ ।

क. उचित कार्यक्रम तथा गोष्ठीहरुको पहिंचान गरी घाम पावरका उत्पादनहरुको प्रवर्द्दन गर्ने तरिकाले सो कार्यक्रमहरुमा उपस्थिती जनाउने 

ख. घाम पावर सिंचाई प्रवर्द्दनको लागि विविध उर्जासंग सरोकार राख्ने संघसंस्थाहरु संग समन्वय गरी योजना सहित भ्रमण गर्ने 

 

६. भुक्तानी उठाउने र कागजात व्यवस्थापन 

नयाँ ग्राहकहरुबाट प्रोडक्ट माग अगाडि हुने अग्रिम भुक्तानीहरु संकलन गरी सम्बन्धित बैंक तथा प्लेटफर्ममा संकलन गर्ने 

क. भुक्तानीको स्थिति बुझ्न सम्बन्धित बैंकहरुको भ्रमण गर्ने तथा सहज भुक्तानी जम्मा गर्न ग्राहकहरु संग समन्वय गर्ने 

ख. साप्ताहिक/माषिक रुपमा बिक्रि साथै मार्केटिंग गतिविधिहरुको स्थितिबारे प्रधान कार्यालयमा रिपोर्ट गर्ने 

 

आवश्यकता:

शिक्षा: व्यवस्थापन संकायको कुनै पनि विषय (BBS, BBA, B.Com वा कुनै सम्बन्धित) मा स्नातक तह सम्म अध्ययन गरेकोलाई बिशेष प्रथामिकता दिइनेछ ।

 

अनुभव: 

क. सेल्स र मार्केटिंगमा एक वा एक वर्ष भन्दा बढीको अनुभव भएको

ख. वित्तीय संस्था तथा सहकारी संस्थाहरुको कार्यविधिसंग परिचित उम्मेदवारलाई बिशेष प्रथामिकता दिइने छ ।

 

अन्य सिप:

क. Microsoft Office (विशेषत: Excel, Word, Power Point) चलाउन सक्ने 

ख. व्यक्ति तथा संस्थाहरुसंग राम्रो पारस्परिक सम्बन्ध विस्तार गर्नसक्ने संचार कौशल भएको 

 

कामको अवधि:

६ महिनाको प्रोबेसन अवधि पश्चात कार्य कौशलताको आधारमा स्थायी नियुक्ति हुने गरी 

 

काम गर्ने अवस्था:

काम गर्ने क्षेत्राधिकार विशेषत: प्रदेश १ रहनेछ । कार्यअवधि समयमा विविध समयमा साझेदार संस्थाहरु संग साथै सेल्स क्षेत्रहरुमा (५०-५०) भ्रमण गर्नुपर्ने हुने छ ।

 

तलव तथा अन्य सुविधा:

कम्पनीको नियमअनुसार आकर्षक तलव, अवकाश कोषको सुविधा, भुक्तानीसहितको विदा र अन्य सुविधाहरु 

 

आवेदन दिने तरिका: 

कृपया hr@ghampower.com मा आफ्नो CV ईमेल गरी सिधै आवेदन दिनुहोला ।

यदि तपाईसंग केहीं प्रश्न वा जिज्ञाशा भएमा bishwaraj@ghampower.com मा सम्पर्क गरी बुझ्न सक्नुहुनेछ ।

 

Source: Regional Sales Executive (क्षेत्रीय बजार प्रवन्धक) - Gham Power

Deadline:

As soon as possible